अपडेट 
२०७७ फाल्गुन १४, शुक्रबार १८:१४

स्रोत नखुलेको ७ लाख रुपैयाँसहित वीरगञ्जबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना-२५ बस्ने ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोद कुमार रहेका छन् । भारतको रक्सौलबाट बीआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकल चढेर वीरगञ्जतर्फ आउँदै गरेको समयमा वीरगञ्ज-१६ स्थित रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँ बरामद भएको पर्सा प्रहरीले जनाएको छ । बरामद रकमसहित पक्राउ परेका दुवैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरितको कसुरमा पर्सा जिल्ला अदालतबाट शुक्रबार ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News