अपडेट 
२०७७ फाल्गुन १५, शनिबार ०७:४२

भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।

आयोगले काठमाडौँस्थित केन्द्रीय कार्यालय परिसर र अन्य छ ठाउँमा प्राविधिक परीक्षण प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याउन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भौतिक पूर्वाधार निर्माणबारे प्रश्न उठाउँदै परेका उजुरीहरूको अनुसन्धानका क्रममा सम्बन्धित पूर्वाधारको परीक्षण गर्नुपर्ने भएकाले आयोगले आफ्नै प्राविधिक प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसान, काठमाडौँस्थित आयोगको केन्द्रीय कार्यालय परिसरसहित अयोगका अन्य छवटा कार्यालय इटहरी, बर्दिबास, हेटौँडा, पोखरा, नेपालगञ्ज, कञ्चनपुरमा निर्माण कार्य भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News