अपडेट 
२०७७ फाल्गुन १५, शनिबार ०७:५४

पोखरिया । शहरी विकास मन्त्री प्रभु साहले जति गरेपनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताएका छन् ।

शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेला तथा वृहत्त पार्टी प्रबेश कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड–माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने बताए । जनताले झण्डै दुईतिहाई बहुमतसहित देशकै ठूलो पार्टी बनाए पनि प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको बताउँदै मन्त्री साहले उनीहरू आफैँले खनेको खाल्डोमा फस्ने जिकिर गरे । ‘संसद पुर्नस्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन,’ मन्त्री साहले भने, ‘सत्तामा आउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ ।’‘संसद पुर्नस्थापनापछि प्रचण्ड माधव प्रधानमन्त्री पदको सपना देख्न थालेका छन् । हुन पनि किन नहोस्, यसैको लागि त आफनै पार्टीको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र दुई तिहाई कम्युनिष्ट जनमतलाई टुक्राउने काम गरेका थिए,’ मन्त्री साहले भने, ‘तर जति छटपटाए पनि, जति गिडगिडाएपनि माधव प्रचण्डहरूले प्रधानमन्त्री पद पाउन सक्दैनन् । किनकी अरूका लागि खाल्डो खन्नेहरू त्यसमा आफैँ पर्ने गर्छन् । तपाई हेर्न सक्नुहुन्छ आज उहाँहरूलाई कसैले विश्वास गरिरहेको छैन ।’ ‘नयाँ सरकार निर्माणको लागि गणीतिय फोहोरी खेलको सुरुआत भएको छ ।

माधव–प्रचण्डहरूले अहिले सांसद किनबेच र अस्थिर सरकार बनाउने फोहोरी खेल खेल्ने अवसर पाएकोमा उत्सव मनाइरहेका छन् । तर उनीहरूले रोपेको काँडाले उनीहरूलाई नै घोच्ने छ,’ मन्त्री साहले भने ‘जनताले झण्डै दुई तिहाई बहुमतसहित नेकपालाई ठूलो पार्टी बनायो । तर सत्ताको लोभमा पार्टीलाई ध्वस्त बनाइदिएको छ । भनिन्छ, अरूका लागि खाल्डो खन्यो भने आफैँ फस्नुपर्छ । ठीक त्यस्तै हालत माधव र प्रचण्डहरूको भएको छ । मन्त्री साहले प्रदेश सरकारले भ्रष्टाचारमा लिप्तरहेको दाबी गरे । मधेशी जनताको नाउँमा चुनाव जितेर प्रदेश सरकारले आफु कमिशन लिएर ठेकेदार र कार्यकर्ताहरुलाई पालिरहेका छन । बृहत पार्टी प्रबेश गर्नेहरुलाई फुलमाला लगाई स्वागत गरेका थिए । बृहत पार्टी प्रबेश कार्यक्रम फोरम बाट निर्वाचित छिपहरमाई गाउँपालिका वडा नं २ का वडाध्यक्ष महेन्द्र साह कलवारको नेतृत्वमा सयौको संख्या पार्टी प्रबेश गरेका छन । फोरमबाट जयमगलपुरका वडाध्यक्षका उम्मेदवार अनिल साह लगायत सयौ को संख्यामा भिस्वाका फोरमका नेता रसुल मियाँ ,काँग्रेसका नेता कार्यकर्ताहरु नेकपामा प्रबेश गरेका छन । नव प्रबेशीहरुलाई मन्त्री साह र नेकपाका जिल्ला अध्यक्ष प्रभु हजराले फुलमाला र गमछा ओढाई स्वागत गरेका छन् । बृहत पार्टी प्रबेश कार्यक्रम नेकपा छिपहरमाई गाउँपालिका कमिटि अध्यक्ष प्रहलाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष प्रभु हजरा, जयप्रकाश थारु, राजकुमार गुप्ता ,प्रधुमन चौहान, फुलझरी देबी, जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर न्यौपाने छिपहरमाई गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, मनोज कुमार गुप्ता , बलिराम साह,योगेन्द्र साह,लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News