अपडेट 
२०७७ फाल्गुन १६, आईतवार ०७:३५

प्रदेश २ का विवादाष्पद प्रमुख राजेश झाको बिरोध र बचाउको क्रम जारी रहेकोछ ।

नियुक्ती प्रकृयामाथि नै प्रश्न उठिरहेको बेला झाले प्रदेशका सचिव र अधिकृतहरुलाई प्रदेश सरकारको गतिबिधिबारे जानकारी गराउन निर्देशन दिएपछि झन विवादमा परेका छन् । सर्वोच्च अदालतको फैसलाबाट हौस्सिएका नेकपाका नेता रामचन्द्र झाले प्रदेश प्रमुख झालाई कालोमोसो दल्ने र खेद्ने अभिव्यक्ति दिएका थिए ।तर प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै नहट्ने खबरहरु आउन थालेपछि नेकपा युवा संघका एकजना युवाले प्रदेश प्रमुख झाको बचाउमा उत्रेका छन् । हुनत जातिय अधारमा झालाई सहयोग गर्नेको संख्या कम्ति छैन् ।तर सार्वजनिक रुपमा उनका लागि नेकपाकै नेतालाई धम्की दिने भने न्युन नै रहेका छन् ।

पूर्व मन्त्री समेत रहेका नेकपाका नेता रामचन्द्र झाप्रति लक्षितगर्दै समाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिएकोछ । प्रदेश प्रमुख झा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवमाथि गौर हत्याकाण्डमा मुद्दा चलाउनु पर्ने माग गर्ने सिमित व्यक्ति मध्येका हुन् ।उनले प्रदेश २ मा सरकार बिरोधी गतिबिधि गर्न थालेपछि प्रदेश २ का भूमी व्यवस्था, कृषी तथा सहकारी राज्यमन्त्री समेत रहेका समाजवादी युवा संघका ईञ्चार्ज योगेन्द्र यादवले अनधिकृत हर्कत नगर्न चेतावनी दिएका छन् । देशको प्रधानमन्त्रीबाट केपी ओली हट्ने वितिकै झाको पद धरापमा पर्नेछन् ।उनलाई प्रतिगमनको मतियारको रुपमा काँग्रेस, जसपा र नेकपाको प्रचण्ड–नेपाल समुहले लिएका छन् ।

Comment


Related News

Latest News

Trending News