अपडेट 
२०७७ फाल्गुन १६, आईतवार ११:४१

हप्ताको पहिलो दिन आज पनि सुनचाँदीको भाउ घटेको छ ।

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ८८ हजार तीन सय रुपैयाँमा झरेको छ । यसअघि अस्ति शुक्रवार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यकाअनुसार अमेरिकामा सुनमा लगानी गर्ने कम्पनीहरुले धमाधम सुन बिक्री गर्न थालेकाले सुनको भाउ घट्न थालेको हो । केही लगानीकर्ता सुनमा भन्दा चाँदीमा आकर्षित भएकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको शाक्यले बताउनुभयो । उहाँकाअनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७ सय ३५ डलर छ । भाउ घटेर प्रतिऔंस १७ सय डलरमा झर्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

https://www.youtube.com/watch?v=WXZIK0dtLeU&t=83s

Comment


Related News

Latest News

Trending News