२०७७ फाल्गुन १६, आईतवार १४:१९

नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक सूचना निकालेर कोरोना महामारीका कारण शैक्षिक सत्र २०७७ को विद्यालय तहका पठनपाठन आउँदो वैशाख मसान्तसम्ममा सकेर सबै तहका परीक्षा जेठ मसान्तसम्ममा गर्न पनि निर्देशन दिएको छ । नयाँ शैक्षिक सत्रको पठनपाठन र परीक्षा साविकमा झैँ चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी विद्यालयले शैक्षिक कार्यतालिका बनाएर कार्यान्वयनमा लैजान सरकारले आग्रह गरेको छ । यस्तै, केन्द्रले कोरोनाका कारण विद्यालयबाट स्थानान्तरण हुनु परेका विद्यार्थीलाई स्थानान्तरण भएर आउन चाहेको ठाउँको विद्यालयमा ब्यहोरासहित निवेदन दिन पनि आग्रह गरेको छ । 

Comment

Related News

Latest News

Trending News