अपडेट 
२०७७ फाल्गुन १६, आईतवार १६:५५

नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २७ सय ७४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै आइतबार थप ८२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ४०७ जनाले नेपालमा कोरोना जितेका छन् । हाल नेपालमा ९६२ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ६२ हजार ९३६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News