अपडेट 
२०७७ फाल्गुन १६, आईतवार १९:३६

सप्तरी, राजविराज, १६ फागुन । डाका तथा जालसाजी मुद्दाका एक फरार अभियुक्त ५६ वर्षपछि पक्रउा परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका १ निवासी ७६ वर्षिय श्रीलाल यादव छन् ।

घरमै लुकीबसेको अवस्थामा शुक्रबार साँझ पक्राउ परेका यादवलाई आइतबार प्रहरीले सप्तरी जिल्ला अदालतमा उपस्थिति गराएको थियो । अदालतको आदेशले सोही दिन कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । सप्तरी जिल्ला अदालतले २०२१ साल जेठ १९ गते जालसाज मुद्दामा ६ महिना तथा २०२३ साल भदौं ३ गते डाका मुद्दामा उनलाई १० वर्ष कैद सजाय फैसला गरेको थियो । फैसला लगत्तै फरार रहेका यादवलाई ५६ वर्षपछि घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News