अपडेट 
२०७७ फाल्गुन १७, सोमबार १७:१९

तीन हजार ४९ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ पाइएको छ । अहिलेसम्म नेपालमा दुई लाख ७४ हजार दुई सय १६ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News