अपडेट 
२०७७ फाल्गुन १८, मंगलवार ०७:३०

जनकपुरधामका १ सय २४ दलित परिवारलाई पक्की घर हस्तान्तरण गरिएको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत सोमबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेपाल सरकारको आर्थिक लगानी र प्रदेश २ सरकारले निर्माण गरेका दुई कोठे पक्की घर हस्तान्तरण गरेको हो । उपमहानगरपालिका वडा नं. १२ र २३ का दलित समुदायहरु दुई वर्ष पश्चात् दुइ कोठे पक्की भवनमा उनीहरु बस्न पाएपछि निकै उत्साहित भएका छन् । जनता आवास कार्यक्रम अन्तरगत दुईवटा वडामा १ सय २४ वटा घर निर्माण भएको हो । जनता आवास कार्यक्रम अन्तरगत पहिलो चरणमा दलित मध्ये महादलित रहेका डोम, हलखोर, मुसहर र मेस्तर समुदायको घर निर्माण भई रहेको छ । घर हस्तान्तरण गर्दै भौतिक पूर्वाधार तथा योजना मन्त्री जितेन्द्र सोनलले नवनिर्मित कोठाका अनुमगन गर्दै संघको बजेटको योजना भन्दा पनि राम्रो र स्तरीय कार्य भएको दावी गरेका छन् । उनल प्रदेश सरकारले निर्वाचनको बेलामा गरेको प्रतिबद्धता अनुसार कार्य गरिरहेको जिकिर समेत गरेका छन् ।

संघ सरकारको इष्टिमेट अनुसार दुई नम्वर इटाको प्रयोग, झ्याल र कोठामुनि बाँस राख्ने सम्झौता छ । तर प्रदेश सरकारले एक नम्वर इटा, लोहाको पाइप र लोहाकै झ्याल प्रयोग गरेको उनी बताउँछन् ।उनले भने संघ सरकारले अहिलेसम्म ठग्दै आएको थियो । तर प्रदेश सरकारले योजना अनुसार लक्ष्य पुरा गरिरहेको दावी समेत गरे । धनुषामा २ सय ३१ वटा घर निर्माण भई सक्नुपर्नेमा अहिलेसम्म १ सय २१ वटा घर निर्माण भएको र केही निर्माणको क्रममा रहेको शहरी डिभिजन कार्यालयका इन्जिनियर विनोद यादवले बताए । यता जनता आवास कार्यक्रमका धनुषा संयोजक परमेश्वर साहले प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणलाई तिव्रता दिंदा संघ सरकारले बजेट कटौती गरेको गुनासो गरेका छन् । गत वर्ष जनता आवासका लागि २० करोड रकम दिएको थियो । तर यस आर्थिक वर्षमा सात करोड मात्र दिएको उनले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News