अपडेट 
२०७७ फाल्गुन १८, मंगलवार ०७:३३

जनकपुरधाम । कार्तिक ४ गते नै प्रदेश २ सभाको चौथो अधिवेशन सकिएपनि पाँचौ अधिवेशनको अझै आह्वान गर्ने सुरसार देखिएको छैन् ।

कानुनमा एक अधिवेशन सकिएपछि अर्को अधिवेशन ६ महिना भित्रमा बोलानुपर्ने प्रावधान रहेको छ । ति प्रवधानलाई फाईदा उठाउदै प्रदेश सभा सुचारु गर्नमा ध्यान दिएका छैनन् । प्रदेश सभा गठन भएको तीन वर्षभन्दा बढि भईसक्दापनि प्रदेश सरकारले अहिले सम्म ४१ वटा कानुन मात्रै पास गराउन सकेका छन् । प्रदेश सभामा अहिले विभिन्न ९ वटा विद्येयक विषयगत संसदीय समितिमा छलफलमा रहेका छन् भने दुई वटा विद्येयक सभामा छलफलको क्रममा रहेको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले बताए । विगत ५ महिनादेखि सभा नबस्दा सभामा छलफलमा रहेका कानुन अझै पास हुन सकेका छैनन् । भने संसदीय समितिमा दलहरु बीच सहमति भईसकेका विद्येयकहरु पनि सभामा प्रवेश हुन सकेको छैन । प्रदेशको संरचना नेपालको लागि नयाँ व्यवस्था भएकोले प्रदेश सरकारले कानुन निर्माणमा जोड दिनुपर्ने ठाँउमा ढिलासुस्ती गरिरहेको राजनीतिकर्मीहरुको भनाई छ ।

केहि दिन अघि प्रदेश सभा सुचारु गर्न विपक्षी दल नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । तर पनि सरकारले सभा बोलाउने कुनै चासो नदेखाएको काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले बताए । ‘कानुन निर्माणदेखि कोरोना कालमा सरकारले आम जनताको पीडा सुन्नुपर्ने हो,कोरोनामा भएको खर्चको हिसाव सार्वजनिक गर्नुपर्ने हो, नेता यादवले भने,‘तर प्रदेश सरकार लोकतन्त्रणलाई निस्तेज पार्ने, हैक्मवाद तथा आफुखुसी मनमौजी गर्न सभा बोलाउन चाहेका छैनन् ।’ कोरोनाको नाममा मन्त्रीहरुले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्न पनि सरकारले सभा बोलाउन नचाहेको नेता यादवको आरोप छ । मुख्यमन्त्री लालबाबु राउतले अगामी चैतको पहिलो सप्ताहमा सभा बोलाउने आश्वासन दिएको बताउदै नेता यादवले भने,‘ चैतको पहिलो सप्ताहमा सभा नबोलाए सांसदहरुको २५ प्रतिशत संख्या पुरयाएर प्रदेश प्रमुख कहाँ डेलिगेशन जान्छौ । र सरकारलाई सभा बोलाउन वाध्य पार्छौ ।’ सत्तारुढ दलको आन्तरिक विवादको कारण सरकारले सभा बोलाउन चासो नदेखाएको जसपाका एक सासदले बताए ।

Comment


Related News

Latest News

Trending News