अपडेट 
२०७७ फाल्गुन १८, मंगलवार १६:३७

जानकी मेडिकल कलेजको सहकार्यमा नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा आयोजना गरेको नि : शुल्क स्वास्थ्य शिविरबाट करिब १ हजार स्थानीयवासी लाभान्वित भएका छन् ।

महाशिवरात्रि एवं सेना दिवसको अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको त्रिशविरबाट ५८२ महिला र ३७९ पुरुषगरि कुल ९६१ जनाले स्वास्थ्य उपचार सेवा लिएका हुन् । जानकी मेडिकल कलेजको सहकार्यमा नेपाली सेनाको २७ नंम्बर बाहिनी र बहादुर शेर गण २७ नं फिल्ड गुल्म आयोजक रहेको शिविरमा ३८ जनाको इसिजी, ४४ जनाको अल्ट्रासाउण्ड र ९२ जनाको मधुमेह ९सुगर० परीक्षण गरिएको जानकी मेडिकल कलेजका प्रबन्ध निर्देशक श्रीप्रष्र्ट पाण्डेले जानकारी दिए । उक्त शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, जनता वनवाली उच्च माध्यामिक विद्यालय, सगरमाथा आँखा अस्पताल र जानकी मेडिकल कलेज धनुषाले सहयोग पु¥याएका थिए । शिविरमा ४१२ जनाको विस्तृत स्वास्थ्य परीक्षण, १८६ जनालाई बालरोग र ८८ लाई स्त्रीरोग तथा ४० जनालाई इएनटीसेवा उपलब्ध गराइएको पाण्डेले जानकारी दिए । शिविरमा १०५ जनाको आँखा परीक्षण र ३२ बिरामीको सर्जरी तथा ९८ इन्टरनल मेडिसिन गरिएको पाण्डेले जानकारी दिए ।

प्रधानसेनापति कमाण्ड मार्ग निर्देशनमा उल्लेखित नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त शिविरको बाहिनीपति हेमराज केसीले शुभारम्भ गरेका थिए । मध्यपूर्वी पृतनापति सुरेशकुमार कार्कीले स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासीसँग अन्तरक्रिया गरेको उक्त शिविरबाट उपलब्ध गराइएको गुणस्तरीय सेवाको गाउँपालिका अध्यक्ष रामशरण यादव, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायतले खुलेर प्रशंसा गरे । जिल्ला अस्पताल सिरहाका २ जना चिकित्सक, जानकी मेडिकल कलेजका ६ जना चिकित्सक ५ जना नर्स , सगरमाथा आँखा अस्पातलका एक चिकित्सक, स्थानीय एक र गुल्मका एक विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा पु¥याएका थिए । शिविरमार्फत स्थानीयवासीलाई समेत पाँच लाख बराबरको औषधि वितरण गरिएको जानकी मेडिकल कलेजका प्रबन्ध निर्देशक श्रीप्रष्र्ट पाण्डेले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News