अपडेट 
२०७७ फाल्गुन १८, मंगलवार १७:१२

पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

चार हजार एक सय २७ जनाकाे पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यस्तै थप ७२ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ । अहिले नाै सय ७४ जना आइसाेलेशनमा रहेका छन् ।  काेराेना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । 

Comment


Related News

Latest News

Trending News