२०७७ फाल्गुन १९, बुधबार ०७:३२

धनुषा जिल्लाको बटेश्वर गाउपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री (गणेश राउत)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई झुक्याउदै सोमवार साँझ फरार भए ।

अख्तियारको टोलीले सुराकीको अधारमा राउतलाई घुस रकम सहित पक्राउ गर्न खटेको थियो ।घुस रकम आठ लाख सहित गाडीमा सवार भएका अध्यक्ष राउतलाई अख्तियार टोलीले पक्राउ गर्न खोज्दा चालकले तिव्रगतिमा गाडी कुदाएर फरार भए । भवन निर्माण सम्पन्न भएपश्चात गाउँपालिका कार्यालयले भुक्तानी गरेको रकमबाट पालिका अध्यक्ष क्षेत्रीले ८ लाख घुस मागेका थिए ।घुस मागेको उजुरी परेपछि रंगेहात पक्राउ गर्न अख्तियारले तयारी गरेपनि सफल हुन सकेन् । आयोगको टोलीले ८ लाख रुपैया घुस सहित पक्राउ गर्न खोज्दा अध्यक्ष क्षेत्री फरार भए ।टोलीलाई झुक्याउदै फरार भएका अध्यक्ष क्षेत्रीले भने केहि पर औरही नदी कटेर झारीमा रुपैया फालेका थिए । गाडीबाट अध्यक्ष फरार भएपनि घुस रकम र सवारी चालकलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो । भवन निर्माण सम्पन्न पश्चात मागेको ८ लाख घुस सहित सवारी चालक पक्राउ परेको अख्तियारले जनाएकोछ । आयोगको काठमाण्डु टंगालको टोलीले गाउपालिका अध्यक्षले मागेको ८ लाख घुस सहित सवारी चालक विर बहादुर मगरलाई पक्राउ गरेको हो ।



घुस लिएर भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा आयोगको टोलीले गाउँपालिका अध्यक्ष क्षेत्रीको प्र.२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीबाट फलिएको ८ लाख रुपैया बरामद गरेको छ । घुस लिएर गाउपालिका अध्यक्ष क्षेत्री भाग्ने क्रममा क्षिरेश्वर नगरपालिका–५ को बाटो छेउमा रुपैया फालेको अख्तियारले जनाएको छ । अध्यक्ष क्षेत्री फरार भएपनि रकम बरामदगरि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृयालाई अगाडी बढाएको अख्तियारले बताएकोछ । रुपैया फ्याकेर अध्यक्ष फरार भएपनि उनका सवारी चालक विर बहादुर मगरलाई वटेश्वर गाउपालिका–४ बाट नियन्त्रणमा लिइएको र नगद ८ लाख क्षिरेश्वर नगरपालिका–५ को बाटो छेउको जमिनबाट फेला पारिएको आयोगले जनाएको छ । सवारी चालक र बरामद नगद रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । फरार अध्यक्ष राउतको खोजी कार्य भइरहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिमालले बताए ।

सोमबार साझ महेन्द्रनगरमा घुस रकम लिएर गाडी चढन् थालेपछि अख्तियारले गाउपालिका अध्यक्ष क्षेत्रीलाई पक्राउ गर्ने प्रयास असफल भएपछि धनुषा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर र ढल्केबरबाट सहयोग मागेका थिए । फरार अध्यक्ष क्षेत्रीलाई प्रहरीले समेत फेला पार्न नसकेपछि अख्तियारको टोलीले चालक र बरामद भएको नगद लिएर फर्केको बताइएकोछ ।अध्यक्ष क्षेत्रीको कर्तुत सार्वजनिक भएपछि स्थानीय बासिन्दाहरुले चर्को बिरोध गरेका छन् । गाउँपालिकाको कार्यालयमा अध्यक्ष क्षेत्री बिरुद्ध पोष्टरहरु टाँसिएका छन् ।उनको नाम लेखिएको बोर्डमा समेत अपशब्द लेखेर कागज टाँसिएको छ । राउत तत्कालिन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।हाल उनी नेकपा ओली समुहसित आबद्ध रहेको बताइन्छ ।यद्यपी उनी सार्वजनिक रुपमा गुटबारे खुलस्त गरिसकेको छैन् ।

Comment


Related News

Latest News

Trending News