२०७७ फाल्गुन १९, बुधबार १५:०६

प्रमुख प्रतिपक्षी काँग्रेसले संसदीय दलको बैठक २१ गते शुक्रबार दिउँसो १ बजे बोलाएको छ ।

२३ गते बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन् । काँग्रेस सांसद ज्ञानेन्द्र कार्कीका अनुसार बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलो पटक बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ । पुनःस्थापित प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने भएकाले काँग्रेस संसदीय दलको बैठकलाई पनि महत्वका साथ हेरिएको छ ।

सत्ता सहकार्यका लागि नेकपा ओली र प्रचण्ड– नेपाल दुबै समूहले काँग्रेससँग संवाद जारी राखेको छ । तर नेकपा विभाजनको लफडा नटुंगी आफूहरुले कुनै निर्णय नलिने कांग्रेस नेताहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News