प्रदेश सरकारले गठन गरेको दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरिएको छ ।
समाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई नियुक्तीपत्र हस्तान्तरण गरेका छन् । नियुक्तीपत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले दलितहरुको पहिचान र अधिकार संरक्षित गर्न समितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । प्रदेशमा रहेका १८ प्रतिशत दलित समुदायको पहिचान र अधिकार संरक्षित गर्नको लागि सरकारले दलित सशक्तीकरण ऐन ल्याएको उनले बताए । २१औं शताब्दीमा पनि छुवाछुत जस्ता अमानवीय व्यवहार झेलिरहेका दलित समुदायको अभैm राज्यको निकायमा ्रतिनिधित्व हुन नसकेको जिकिर मुख्यमन्त्री राउतले गरे । दलित विकास समितिलाई हरसम्भव सहयोग गर्ने जानकारी दिदै उनले तत्काल कार्य अगाडी बढाउन निर्देशन समेत दिए । समितिमा प्रतिनिधित्व हुन नसकेको दलित समुदायको पनि सम्मान गरेर अघि बढ्न मुख्यमन्त्री राउतले समितिलाई निर्देशन दिए ।

