अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार ०७:३७

घुस प्रकरणमा फरार भएका धनुषाका वटेश्वर गाउपालिकाका अध्यक्ष डम्वर वहादुर राउत क्षेत्रीलाई पुनः पक्राउ गर्नुपर्ने माग गर्दै आन्दोलीत नागरिक समाजको आन्दोलन तत्कालका लागि स्थगीत भएको छ ।

अख्तियारको टोलीले अख्तियार दुरुपयोग माथिको विश्वसनीयतालाई कायम गर्नका लागि आन्दोलीत नागरिक समाजलाई आग्रह गरेपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको हो ।भ्रष्टाचारी अध्यक्षलाई पक्राउ र अहिले सम्मका स्थानीयतहले खर्च गरेका वजेट खर्चको हिसाव किताव माग गर्दै सर्वदलियरुपमा आन्दोलीत भएको थियो । उनिहरुले मंगलवार गाउपालिकाका अध्यक्ष क्षेत्री,गाउपालिकाका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखामा तालावन्दी चाहि जारी राखेको छ । अध्यक्ष क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग कमिसन वापत ८ लाख रुपैयाँ लिएका थिए । विभिन्न राजनीतिक दलमा आबद्ध स्थानीय नेताकार्यकर्ता, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै आन्दोलित भएका हुन् ।बटेश्वर गाउँपालिका कार्यालयको प्राङ्गणमा नवनिर्मित भवनको भुक्तानीका लागि ठेकेदारसँग उनले मोटो रकम कमिसन मागेका थिए । सोमबार अपराहन्न ४ बजे सोहि रकम लिन गाउँपालिका अध्यक्ष राउत चढ्ने गाउँपालिकाको प्रदेश २–००२– ००१ झ ०००२ नम्बरको गाडीमा सबार भएर धनुषाको महेन्द्रनगर पुगेका थिए ।

ठेकेदारबाट ८ लाख कमिसन लिएर गाडीमा प्रवेश गरेपछि उनले आफुलाई अख्तियारले पछ्याएको सुइको पाए । चालकलाई इशारा गर्दै तिव्र गतिमा गाडी चलाएर खोला हुँदै गाउँपालिका तिर भाग्न निर्देशन दिए । भाग्ने क्रममा अध्यक्ष राउतले आठ सो रकम भएको झोला औरही खोलाकै पारी पुगेर झाडीमा फाले । अख्तियारले झोला फेला पारे । अध्यक्ष राउत सवार गाडी तिव्र गतिमा कुदाएर चालक वीरबहादुर मगरले बाटोमा गएर अध्यक्षलाई हाम फालेर भाग्न सघाएपछि अध्यक्ष फरार हुन सफल भए । नेपाली कांग्रेसका वार्ड सभापति राममनी कुशवाहाका अनुसार त्यहाँबाट चालकले झनै गतिमा गाडी चलाएर बटेश्वर बजार तर्फ भागे र गाउँपालिका कार्यालयको पछाडिमा अख्तियारले उनलाई नियन्त्रणमा लियो । कुशवाहाका अनुसार अध्यक्ष क्षेत्रीले आफनो चारवर्षे कार्यकालमा तानाशाही प्रवृति अपनाको आरोप लगाए । विद्यालयमा वजेट संचालनमा लाखौ गमन गरेको तथा सिचाईका लागि इनार निमार्ण गर्दा पनि आफु अनुकुल वितरण गरेको आरोप लगाए । गाउपालिकाका स्थानिय युवा श्रवण महतोका अनुसार अध्यक्ष क्षेत्रीले आफनो कार्यकालमा बढि कमीशन पाउने काम मात्र गरेको र गाउपालिकामा विकासको नाममा व्रम्हलुट मचाएको आरोप लगाए । यता गाउपालिकाकाको कार्यालय प्रमुख ,गाउपालिका प्रमुख र लेखा साखामा ताला लगाइएपछि गाउपालिकाको कार्य नै प्रभावित वनेको छ ।

मंगलवार देखि नै कार्यालय पुगेका सेवाग्राहीहरु रितै हात फर्किनु परेको गाउपािलकाका उपाध्यक्ष प्रमीला देवीले वताईन । उनले भ्रष्टाचारको विषयमा आफुलाई केहि थाहा नभएको र अध्यक्षमाथि लागेको आरोप सम्वन्धमा पनि आफुलाई मिडियाबाट जानकारी पाएको समेत वताईन । फरार अध्यक्ष राउतको खोजी कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिएका छन । यता दोस्रो चरणको आन्दोलनका लागि राजनीतिक दलहरुले सर्वदलीय समिति समेत गठन गरेको छ । सर्वदलिय समितिमा नेकपा प्रचण्ड गुटबाट कुशेस्वर महतो,रामप्रकास साह,रामप्रमोद महतो,जनता समाजवादी प ार्टीबाट अजय राउत,राजकिशोर महतो,राजेश महतो र नेपाली कांग्रेसबाट राममनी कुशवाहा सम्मलीत समिति गठन गरेको हो । सो समितिले वुधवार वैठक बसी आन्दोलनको गतिविधीको विषयमा छलफल गरिने वताइएको छ ।

Comment


Related News

Latest News

Trending News