अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार ०७:४३

बर्दिवास । महोत्तरीको बर्दिबास – ९, पशुपतिनगरमा तरकारी संकलन केन्द्रको सिल्यान्यास गरीएको छ ।

तरकारी संकलन केन्द्रको सिल्यानास बर्दिवास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष टेकबिर रखालले गरेका हुँन । बर्दिवास नगरपालिकाका वडा नम्बर ९ पशुपतिनगर वडा नम्बर ६ ,७ किसाननगर र आसपासका किसानलाई लक्षितगरी उनिहरुले उत्पादन गरेको फलफूल तथा तरकारीको सहज संकलन र बिक्रीका लागि निर्माण गर्नै उद्येश्यले सो संकलन केन्द्रको सिल्यान्यास गरीएको हो । तरकारी संकलन केन्द्रको सिल्यान्यास कार्यक्रममा स्थानीय राजनितीक दल, हेफर इन्टरनेशनल नेपाल जनकपुरका समन्यन प्रबन्धक दिपेश पोखरेल र जन जागरण युवा क्लव बाराका अध्यक्ष भैयाराम यादवको उपस्थिती रहेको थियो । व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानहरुलाई लक्षित गरी निर्माण गर्न लागिएको तरकारी संकलन केन्द्रको लागि आर्थिक सहयोग गर्न वडा कार्यालय तयार रहेको वडा अध्यक्ष टेकवीर रखालले बताए । उनले ‘तरकारी संकलन केन्द्रका लागि अपुग रकम उपलब्द गराउन नगर, प्रदेश र संघिय सरकारलाई अनुरोध गरेर तरकारी संकलन केन्द्रको काम अगाडी बढाईने प्रस्ट पारे ।

यसै आर्थिक बर्षदेखि सञ्चालनमा आउने लक्षय राखिएको तरकारी संकलन केन्द्र निर्माणका लागि पशुपतिनगर सामाजिक उद्यमी महिला सहकारी संस्था बर्दिबास नगरपमलिका – ९, महोत्तरीबाट ३ लाख ५० हजार र जन जागरण युवा क्लव बाराबाट ३ लाख ५० हजार गरी ७ लाख रकम बिनियोजन गरीएको छ । किसानहरुका उत्पादन बजार सम्म पुर्याउने र आय आर्जनका लागि तरकारी खेती कार्यक्रम संचालन गर्ने जन जागरण युवा क्लव बाराका परियोजना संयोजक राम कृपाल साहले बताए । उनका अनुसार हेफर इन्टरनेशनल नेपाल र जन जागरण युवा क्लव बाराको १९ लाखको संयूक्त लगानीमा आय आर्जनका लागि तरकारी खेती लगायत बिभिन्न कार्यक्रम अगाडी सारीएको तथा कृषकको क्षमता विकासका लागि तरकारी तथा नर्सरी व्यवस्थापन, विरुवा संरक्षण तालिम, कम्पोष्ट मल बनाउने तालिम र आईपिएम समाग्री सहयोग जस्ता कार्यहरु योजनामा रहेको प्रस्ट पारे ।

Comment


Related News

Latest News

Trending News