अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार ०९:३६

संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बूढानीलकण्ठस्थित निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । फागुन २३ गते बस्ने संसद बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पदाधिकारी बैठकले तय गर्नेछ । शीर्ष तहमा धारणा तय गरेर संसदीय दल र केन्द्रीय समितिबाट अनुमोदन गर्ने तयारी कांग्रेसको छ । संसदीय दलको बैठक शुक्रबारका लागि बोलाइएको छ भने केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ । अब पार्टी सरकारमा जाने वा प्रतिपक्षमै रहने भन्नेबारे अहिले कांग्रेसभित्रै मत विभाजित छ ।

Comment


Related News

Latest News

Trending News