अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार ११:४९

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । भाउ घटेर आज सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा पुगेको भाउ आज फेरि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोनाको जोखिम पछि भएको लकडाउनका क्रममा तोलामा एक लाख रुपैयाँ कटेको सुनको भाउ अहिले घट्न थालेको हो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News