अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार १९:५१

नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्‍चालनको तयारी गरेको छ ।

यो प्रणाली सञ्चालनमा आएपछि अवैध रुपमा भित्रिएका मोबाइल फोन नेपालमा नचल्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार यो प्रणाली सञ्‍चालनमा आएपछि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी कोड (आईएमईआई) दर्ता नभएका मोबाइल नेपालका कुनै पनि नेटवर्कमा चल्दैनन् । यो उपकरण जडान भएपछि अवैध रुपमा नेपालमा भित्रिने मोबाइल बन्द भई राजस्व वृद्धि हुने साथै मोबाइल सेवा सुरक्षित तथा भरपर्दो हुने उहाँले बताउनुभयो । यसैगरी उनले आईकाओसम्बन्धी सन्धि तथा दूरसञ्‍चार ऐनको व्यवस्थाअनुसार १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसञ्‍चार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी पनि भइरहेको बताउनुभयो ।

https://www.youtube.com/watch?v=-ux1RwC7sdg&t=2s

Comment


Related News

Latest News

Trending News