२०७७ फाल्गुन २०, बिहीबार २०:०२
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने गर्ने निर्णय गरेको छ’ बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

