अपडेट 
२०७७ फाल्गुन २१, शुक्रबार ०७:४५

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो पाँच वर्षभित्र नेपाल उत्पादनकर्ता र निर्यातकर्ता मुलुक बन्ने घोषणा गरेका छन् ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्य आयोजना निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रदेश २ का पाँच जिल्ला सिंचित हुने भएपछि मुलुक आयातकर्ताबाट उत्पादनकर्ता र निर्यातकर्ता बन्ने दावी गरे । डाइभर्सन आयोजना पूरा भएपछि धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका १ लाख २२ हजार हेक्टर खेतीयोग्य जग्गामा सिंचाईको प्रबन्ध हुनेछ । सिचाईको प्रबन्ध नहुँदा आकाशे पानीको भरमा खेती गर्दै आएको किसानका लागि यो आयोजना वरदान साबित हुने उनले दावी गरे । सुनकोशीको पानी मरिन क्षेत्र हुँदै प्रदेश २ को बागमती नदिमा मिसिने छ । बाँध र नहरमार्पmत पाँचै जिल्लाको किसानको खेत खेतमा सुनकोशीका पानी पुग्ने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रदेश ३ को आयोजनाको सबैभन्दा बढी लाभ प्रदेश २ का किसानहरुलाई हुने उनले बताए ।

उक्त आयोजनाले सिचाईको साथसाथै ३१ वाट विद्युत समेत उत्पादन गर्ने भएकोले यसलाई बहुउद्देश्य आयोजना भनिएको प्रधानमन्त्री ओलीले थपे । तुलनात्मक रुपमा वन क्षेत्र न्युन रहेको प्रदेश २ लाई बंगैचाको प्रदेश बनाउने ओलीले घोषणा गरे । आँप, लिचि, मेवा, कटहर लगायतको फलको विरुवा लगाएर प्रदेशलाई बगैचाको रुपमा विकास गर्नुपर्ने उनले सुझाव दिए । गएको तीन वर्षमा मुलुकले विकास निर्माणमा ठूलो फड्को मारेको प्रधानमन्त्री ओलीले दावी गरे । सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजनाले प्रदेश २ मा उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे ।‘ समयमै आयोजना सम्पन्न गर्नुपर्छ’ मुख्यमन्त्री राउतले भने–‘खेत खेतमा पानी पुगेमा उत्पादन स्वतः वृद्धि हुन्छ ।’ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकमा विकासको आँधी आएको दावी गरे । सबै क्षेत्रमा विकासको कार्य तीव्र गतिमा अघि बढिरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News