अपडेट 
२०७७ फाल्गुन २१, शुक्रबार ०७:५५

लहान । सिरहाको बरियारपट्टी गाउँपालिकामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आएको छ ।

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले गाउँपालिकाको वडा नम्बर ५ कजरास्थित आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन गरेका हुन् । प्रदेशका जनताले १०० मा ३३ रुपैयाँ कर जम्मा गर्छन् तर १०० मा २ रुपैयाँ पाउछ । समृद्धि नेपाली जनताको हकमा रहेको उनले बताए । शिक्षा,स्वास्थ्य,कृषि,यातायात र उर्जा प्राप्त हुन् सक्दैन, तव सम्म विकसित देश बन्न नसक्ने मन्त्री यादवले दावी गरे । नेकपा नेता राजेन्द्र यादवले मानव स्वास्थ्यको लागि आयुर्वेद औषधी अचुक उपचार रहेको बताए । अहिले पालिकाको जनताले यहाँ आयुर्वेद अस्पताल नहुदा हेमोपेथि, एलोपेथि उपचार गर्न बाध्य थियो तर अब कजरामा नै आयुर्वेद अस्पतालमै सुविधा पाउने भएका छन् । कार्यक्रमको अध्यक्षता गरेका गाउँपालिका अध्यक्ष संतोष कुमार महतो विकास निर्माण काम होस् या शिक्षा,स्वास्थ्यको काम कार्यपालिकाले समान तरीकाले अगाडि बढाएको बताए । सवै वडामा आयुर्वेद अस्पताल बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा रेडक्रसको सभापति राजदेब यादव, प्रमुख प्रसाशकीय अधिकृत रंजित जंग अधिकारी, शिक्षक, वडाध्यक्ष,पत्रकार लगायत स्थानियको उल्लेखनीय उपस्थिति थिए ।

Comment


Related News

Latest News

Trending News