अपडेट 
२०७७ फाल्गुन २२, शनिबार ०६:१५

मलंगवा ।सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोको स्वकीय सचिव रामकैलाश साहमाथि स्थानीयहरुले शुक्रवार आक्रमण गरेका छन् ।

गाउँपालिकाको केन्द्र सार्न शिक्षा शाखाको कागजातहरु लग्न थालेपछि स्थानीयहरुले साहमाथि आक्रमण गरेका थिए ।साहलाई जोगाउन प्रहरीले १३ राउण्ड हर्वाइफायर र लाठीचार्ज गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेकोछ । स्थानीय बासिन्दाहरुको समुहले अध्यक्षका स्वकीय सचिवमाथि आक्रमण गरेपछि बचाउमा पुगेका प्रहरीमाथि समेत ढुंगामुढा गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले बताए ।‘स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाईफायर र सशस्त्र प्रहरी बलले ३ राउण्ड हवाईफायर गर्नुपर्यो’ एसपी राठौरले भने, झडपको क्रममा ४ जना प्रहरी समान्य घाइते भएका छन् । चन्द्रनगरको प्रमुख पर्यटकीय केन्द्र नाढीमन तालसँगै वडा नम्बर ७ मा हाल केन्द्र रहेको छ ।तर गाउँपालिकाका अध्यक्ष महतोले त्यसलाई सारेर वडा नम्बर २ बबरगञ्जमा लग्न थालेको स्थानीयको आरोपछ ।गाउँपालिकाको विशेष परिषद शनिवार बबरगञ्जमा नै बोलाइएकोछ ।

पैतृक गाउँ रहेको बबरगञ्जस्थित आफ्नै घरमा परिषद बोलाएको स्थानीय बासिन्दाहरुले आरोप लगाउँदै त्यसबाट नै केन्द्र सार्ने निर्णय गरिने तयारी भएको आरोप लगाएका छन् । केन्द्र सार्न बहुमतबाट निर्णय गाउँपालिकाको विशेष सधारण सभा बोलाएको आरोप लगाएका छन् ।तर गाउँपालिका अध्यक्ष महतोले केन्द्र सार्ने हाल कुनै निर्णय नभएको बताएका छन् ।‘गाउँपालिका केन्द्र सार्ने कुनै निर्णय भएको छैन्’ उनले भने, शनिवार हुने विशेष परिषदमा केन्द्र सार्ने नसार्ने विषयमा छलफल हुनेछ । बहुमत सदस्यहरुले निर्णय गरे अनुसार हुने जनाउँदै अध्यक्ष महतोले भने, केन्द्र सार्ने पक्षमा निर्णय भए प्रदेश र संघीय सरकार सित सहमति मागिनेछ । ग ा उ ँ प ा िल क ा क ा े विशेष परिषद्बाट निर्णय भएमा मात्र केन्द्र सारिने प्रकृया अगाडी बढाइने महतोले बताए । हाल रहेको कार्यालय अपायक पर्ने ठाउँ भएकाले केन्द्र सार्न ब्यापक दवाव आइरहेको उनले बताए । ‘कार्यालय सरिसकेको छैन, शनिवार विशेष गाउँपरिषद् बोलाएको छु ’ उनले भने, परिषद्बाट पास भए मात्र प्रदेश सरकार र संघीय सरकार समक्ष सिफारिस गरिने छ । सिफारिस सदर भए मात्र कार्यालय सर्ने उनले बताए ।

केन्द्र प्रस्ताव गरिएको स्थान सबैको पायक पर्ने भएकाले त्यसको पक्षमा बहुमत सदस्यहरु रहेको उनले दावी गरे । गाउँपालिकामा ३९ सदस्य छन् ।ती मध्ये बहुमत सदस्य केन्द्र सार्ने पक्षमा रहेको अध्यक्ष महतोको दावी छ ।तर दुईवटा वडा ६ र ७ का बासिन्दाहरु बिरोधमा उत्रेपछि केन्द्र सार्न केहि समस्या भएकोछ । स्थानीय बासिन्दाहरुले पर्यटकीय स्थल नाढीमन तालसँगै रहेको केन्द्रलाई सारेर अध्यक्ष महतोले आफ्नो गाउँमा लान खोज्नु दूर्भाग्यपूण रहेको बताएका छन् । अध्यक्ष महतोका छोरा उपेन्द्र महतो प्रदेश सभासद हुन् ।उनका भाई राजेन्द्र महतो संघीय सांसद र जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता हुन् ।

Comment


Related News

Latest News

Trending News