अपडेट 
२०७७ फाल्गुन २२, शनिबार ०६:२१

जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरा नदि किनारमा करिब चार हजारको सङख्यामा रहेका काफाला कवरीया बाबाहरु भेला भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ र वडा नं.११ को बिचमा रहेको दुधौरा नदि छेउँमा काफाला कवरीया बाबाहरु भेला भएका हुन् ।हिन्दुहरुको अराधे देवमहादेवको फागुन तेरसको जल बिसर्जनकोलागि फागुन १० गते बाराको बधुवनबाट उनीहरु हिँडेका हुन् ।कवरियाहरुको टोलीमा बाराको बिभिन्न ठाउँबाट १ सय ७२ गाउँका कावरीया बाबाहरु सहभागी रहेका छन् । उनीहरु देवघाट पुगेर जल भर्ने कार्यक्रम रहेको छ ।

कावारी बाबाहरु भोजन ग्रहण र सुत्ने बेला ढाड भन्दा माथिल्लो भागमा कपडा लगाउँने गर्दैन्न । पुजा अवधिसम्म लसुन ,प्याज लगायत मासु जन्य पदार्थको सेवन नगरेर चोखो बस्ने गर्छन् । त्यो समय अवधिमा बाहिर बनाईएका कुनै पनि खाने कुरा सेवन नगर्ने र भएको हरेक गतिबिधि उनीहरुले एक अर्कासँग साँट्ने परम्परा रहेको एक कवरीयाले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News