अपडेट 
२०७७ फाल्गुन २२, शनिबार ०६:२९

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय शहरी विकास मन्त्री प्रभु साहलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

जिल्ला सहकारी संघ लि. धनुषाको साधारण सभालाई जनकपुरमा उद्घाटन गर्दै राज्यमन्त्री यादवले कृषकको गहुँबाली नष्ट गरेर मन्त्री प्रभु साह अपराध गरेको भन्दै बर्खास्त गर्न माग गरेको हो । उनले भने, प्रभु साह भ्रष्टाचार, महिला हिंसा र ठगीमा लिप्त रहेको आरोप लगाए । उनले मन्त्री साह जस्ता भ्रष्टलाई बर्खास्त नगरे देशमा सुशासन कायम नहुने दावी गरे । उनले आफनो सम्वोधनमा केपी ओली आफै वर्खास्त भइसकेकोले उनीसंग माग गर्नुपनि अनुचित जस्तै रहेको बताएका थिए । चुनावका बेला एक महिलासँग मन्त्री प्रभु साहले ३० लाख रुपैयाँ सापटी लिएको बताउदै उनले भने, ‘तर रुपैया फिर्ता नगरेपछि पीडित महिला मन्त्रालयमै पुगेर विष सेवन गर्ने प्रयास गरेको समाचार छापामाध्यममा समेत आइसकेको कुरा कसैसंग नलुकेकोले यस्ता कुसंस्कारी मन्त्रीलाई तत्कालै बर्खास्त गरिओस् ।’

भर्खरै केन्द्रिय वन मन्त्रीले दिएको अभिव्यक्तिको सम्वन्धमा राज्यमन्त्री यादवले भने, ‘वन मन्त्रीले रुखविरुवा कार्वनडाइअक्साइड दिन्छन् भन्ने अभिव्यक्ति दिदा आश्यर्च लागेको छ । शिक्षा मन्त्री पनि गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिडेका छन् । यस्ता मन्त्रीहरुलाई तत्कालै बर्खास्त गर्न प्रधानमन्त्रीसँग मेरो आग्रह छ उनले भने ।

संघको साधारण सभामा केहि असन्तुष्ट व्यक्तिले प्रदर्शन गर्दा उद्घाटन समारोह केहिबेर अवरुद्ध भएको थियो । तर सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि शान्तिपूर्ण तरिकाले संघको उद्घाटन सत्र सम्पन्न भएको छ ।

Comment


Related News

Latest News

Trending News