अपडेट 
२०७७ फाल्गुन २२, शनिबार ०६:३५

बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनतालाई अनुभूति हुने गरि शान्ति सुरक्षा प्रदान गर्ने प्रतिवद्धता ब्यतm गरेका छन ।

जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले अपराध कुनै हालतमा सहय नहुने कुरामा जोड दिए । कसैलाई काखा कसैलाई पाखा हिसावले कुनै पनि काम नगर्ने भन्दै प्रजिअ पौडेलले प्रशासन प्रतिको भरोसा कायम गर्नमा कुनै कसर बाँकी नराख्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने, सुशानस कायम गर्दै हत्या हिंसा, बलात्कार जस्ता जघन्य अपराधलाई निर्मुल पार्ने अभियानमा लाग्ने उनले भने । जिल्लामा आफनो स्तरबाट गर्नुपर्ने सुधारमा दिनरात लागी सभ्य, भय रहित समाजको निर्माणमा लाग्ने बताउदै दिनुपर्ने सूचना आफुले नलुकाउने जानकारी गराए । सूचना पाउने जनताको अधिकारलाई कुनैपनि हालतमा कुन्ठित हुन नदिने बताउदै कार्यालय प्रमुखहरुको बैठक चाँडै बोलाई सूचना अधिकारी तोक्नलाई निर्देशन दिने प्रजिअ पौडेलले जानकारी गराए ।

अनुगमनको पाटोलाई प्रभावकारी रुपमा अगाडी लैजाने भन्दै त्यसमा सहयोग गर्नका लागि पत्रकार हरुलाई आग्रह गरे । जिल्लामा रहेको सरकारी कार्यालयमा कर्मचारी पदपुर्ति गर्नका लागि आफुले आफनो मातहत लगायत सम्बन्धित ठाउँहरुमा पत्राचार गरि चाडो भन्दा चाडो कर्मचारी ल्याउने काममा पहल गरी जनताको कामकाज छिटो छरितो गर्नका लागि प्रेरित गर्ने बताए । कुनैपनि वहानामा जनताको कामकाजमा ढिलाई भए त्यस्ता कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने जानकारी दिए । ठुलोलाई चैन र सानालाई ऐनको नागरिकमा अभास हुन नदिनेगरि काम गर्ने भन्दै बारा बसाईमा रचानात्मक काम गरेर देखाउने प्रजिअ पौडेलले प्रतिवद्धता गरे ।

पत्रकार र प्रशासनको सम्बन्ध सुमधुर हुनुपर्ने बताउदै पत्रकार हरुलाई सहज रुपमा सूचना प्रदान गर्ने संगै नागरिकको सुरक्षाका लागि आफु पुर्ण प्रतिवद्ध रहेको उनको कथन रहेको थियो ।

Comment


Related News

Latest News

Trending News