अपडेट 
२०७७ फाल्गुन २२, शनिबार ०६:३७

विश्वभरमा नौं करोड २२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा नौं करोड २२ लाख ५१ हजार ५५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ११ करोड ६६लाख ४४ हजार एक सय ५८ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २५ लाख ९०हजार नौं सय जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १८ लाख दुई हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ९५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड एक लाख ७६ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ३५ हजार तीन सय ८५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।भारतमा हालसम्म एक करोड ११ लाख ९१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड आठ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५७ हजार ६ सय ९३ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७४ हजार ६ सय आठ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७० हजार सात सय ६६ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार १० जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News