अपडेट 
२०७७ फाल्गुन २२, शनिबार १७:५६

नेपालमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ३५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर आठ सय १७ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ६२ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७० हजार आठ सय २८ पुगेको छ । आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

Comment


Related News

Latest News

Trending News