अपडेट 
२०७७ फाल्गुन २२, शनिबार १८:१७

कोरोना भाइरसको प्रभावका कारण जिल्लामा रगतको अभाव भइरहेको मध्यनजर गर्दै धनुषाका एक कल्वले रक्तदान कार्यक्रम गरेको छ ।

सवैला नगरपालिकाको इनरवा टोलमा शनिवार जय मा सरस्वती युवा कल्वले रक्तदानको कार्यक्रम गरेको छ । कल्वका अध्यक्ष विल्टुराम साहको अध्यक्षतामा गरिएको रक्तदान कार्यक्रममा डेढ दर्जन व्यक्तिहरुले रक्तदान गरेका छन ।अध्यक्ष साहका अनुसार कोरोना भाइरसको समयमा आफुलाई रगत अभाव भएको बेलामा रेडक्रसमा सम्पर्क गर्दा बल्डवैंकमा कोरोना कहरका कारण लागेको लकडाउनले रक्तदानको कार्यक्रमहरु नहुदा रगतको अभाव भएको खवर पाउदा आफुले रगतको अभाव कमगर्न आफनो तवरबाट पहल गर्ने सोच वनाएको वताए । र सोहि सोच अनुसार सवैला नगरपालिकाको विभिन्न टोलमा प्रत्येक तीन महिनामा रक्तदानको कार्यक्रम सुरु गरिएको वताए । स्थानीय समाजसेवीको आर्थिक सहयोग र जय मा सरस्वती युवा कल्वको अगुवाईमा रक्तदानको अभियान सुरु गरिएकोमा पहिलो चोटी मंसिर ८ गते गरिएको रक्तदान कार्यक्रममा दुइ दर्जन व्यक्तिल रक्तदान गरिएको अध्यक्ष साहले जानकारि दिए ।

Comment


Related News

Latest News

Trending News