अपडेट 
२०७७ फाल्गुन २२, शनिबार १९:३३

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा शनिबार थारुहट थारुवान राष्ट्रिय मोर्चाले मशाल जुलुस प्रदर्शन गरेका छ्न ।

साँसद रेशम चौधरीको सहित राजबन्दिहरुको रिहाई तथा लक्षमण थारु लगायतका थारु नेताहरू माथी लगाएको झुटामुद्वा खारेजीको माँग गर्दै मोर्चाले मशाल जुलुस प्रदर्शन गरेका हुन । अग्निसाईर कृष्णासवरन गाउँपालिकाको कार्यालय सितापुरको अगाडीबाट निकालिएको मशाल जुलुस विशाल चौक र कलौनी बजार परिक्रमा गरि सितापुर बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै बक्ताहरूले साँसद रेशम चौधरी सहित टिकापुर घटनाका राजबन्दीहरुलाई बिनासर्त रिहाई तथा लक्षमण थारु लगायतका थारु नेताहरू माथी लगाएको झुठामुद्वा खारेजीको माँग गरे । टिकापुर घटना बिशुद्व राजनैतिक घटना हो, राजनैतिक हिसावले निकास खोज्नुपर्छ, कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले भने, साँसद रेशम चौधरी सहितका टिकापुर घटनाका राजबन्दिहरु निर्दोष छ्न, बिनासर्त रिहाई गर्नुपर्छ साथै थारु नेता लक्षमण थारु लगायतका थारु नेता अभियान्त माथी लगाएका झुठा मुद्वा खारेज गर्न सरकारलाई आग्रह गर्दछौ । सरकारले थारु समुदायलाई जातको आधारमा भेदभाव गरेको आरोप लगाउदै बक्ताहरुले थारु समुदाय माथी भएको विभेद विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

जनताको मतले साँसद निर्बाचित रेशम चौधरी थारु भएकै कारण जेलमा बस्नुपरेको चर्चा गर्दै बक्ताहरुले डाका, लुटपाट र ज्यानमुद्वाका आरोप प्रमाणित भएका कोईराला, सिलवाल , ढुङ्गेल र चन्दले उन्मुक्ति पाएका छ्न । अधिकार प्राप्तिको आन्दोलनमा समातिएका थारुहरुले जेलामा सड्नु पर्ने ? बक्ताहरुले सरकारको थारु माथी हेरिने बक्र दृष्टि, अन्याय विरुद्ध एकताबद्व भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए । बक्ताहरुले थारु समुदाय लाई पार्टी भन्दा माथी उठेर अधिकार प्राप्तिको आन्दोलनमा जुट्न अपिल समेत गरे । कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले शान्तिपुर्ण आन्दोलनबाट सुनुवाइ नभए सरकार विरुद्ध आन्दोलन चर्काउने उद्वघोष समेत गरे । थारुहट थारुवान राष्ट्रिय मोर्चा सप्तरीका संयोजक ईशु लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा मोर्चाका कार्यबाहक राष्ट्रिय संयोजक श्रावण थारु, तराई मधेश राष्ट्रिय अभियानका नेता चन्द्र नारायण चौधरी, थारुहट थारुवान महिला राष्ट्रिय मोर्चाका सह संयोजक उमादेबी चौधरी, समाजवादी थारु संघका केन्द्रिय सदस्य मिलन चौधरी लगायतका थारु अगुवा नेताहरुले सम्बोधन गरे । कार्यक्रमको संचालन थारुहट थारुवान राष्ट्रिय मोर्चा सप्तरीका सह संयोजक रमाकान्त चौधरीले गरे ।

Comment


Related News

Latest News

Trending News