अपडेट 
२०७७ फाल्गुन २३, आईतवार ०६:४२

मिथिलाको गौरवको रुपमा चिरपरिचित मिथिला नाट्यकला परिषद्का नव निर्वाचित कार्यसमितिका सदस्यहरुले सपत ग्रहण गरेका छन् ।

शनिवार मिनापको नव निर्मित भवनमा आयोजित एक समारोह विच उनीहरुलाई सपत ग्रहण गराइएको हो । केहि दिन पूर्व मिनापको सम्पन्न सधारण सभावाट परमेश झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियो । सपत ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै सांसद परमेश्वर साहले मिथिला नाट्यकला परिषदले विगत र वर्तमानमा खेलेको भूमिकाको प्रसंसा गर्दै अगामी दिनमा थप सशक्त ढंगवाट अगाडी बढ्न आग्रह गरेका थिए । उनले मिनापको नामवाटनै मिथिलावासी प्रफुलित हुने भएकाले यसलाई कसरीसशक्त बनाउन सकिन्छ त्यस तिर ध्यान केन्द्रीत गर्नकालागि आग्रह गरेका थिए ।

कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका उप–मेयर रीता झाले मिनाप र यसमा आवद्ध कलाकारको कार्यकौशलताको प्रसंसा गरेकी थिइन् । उनले मिनाप मिथिला र मैथिलीको शान भएका कारण अगामी जनगनणामा निर्णायक भूमिकानिर्वाह गर्नकालागि आग्रह गरेकी थिइन् । सोहि कार्यक्रममा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले रचनात्मक ढंगले मिथिला र मैथिलीमाथि भई रहेको चौतर्फी विरोधको आलोचना गरेका थिए । उनले चरा र कमिलाको उदाहर प्रस्तुत गर्दै चरालाई अकासमा उडनकालागि प्वाखभगवानले दिएको तर कमिलालाई जव प्वाख हुन्छ त्यतिवेला उनको मर्ने बेला आएको भन्दै मैथिली भाषामाथि भई रहेको चौतर्फी विरोधको सहज रुपमा लिन आग्रह गरेका थिए ।

सो कार्यक्रममा मिथिला नाट् यकला परिषदले ४ वटा पत्रकार र २ जना कलाकारलाई सम्मान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News