अपडेट 
२०७७ फाल्गुन २३, आईतवार ०७:१३

गौर । रौतहटको मौलापुरमा मधानी महायज्ञ फागुन २६ गतेदेखि शुरु हुने भएको छ ।

नेपालको पर्यटकीय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा दोस्रोपटक हुन लागेको धार्मिक मधानी महायज्ञको लागि व्यवस्थापकीय भौतिक तयारीका कामहरु अन्तिम चरणमा पुगेको मौलापुर नगरपालिकाकी मेयर रिना साहले बताइन् । महायज्ञ बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा मेयर साहले महायज्ञले यस क्षेत्रको विकास र पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने बताइन् । उक्त महायज्ञमा उपप्रधानमन्त्री ईश्वर पोखरेल सरिक हुने आयोजकले जानकारी दिएको छ । पतौरामा जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको सुरुआत गरिएको थियो ।

कर्णाटककाल भन्दा पहिलेको अवशेषहरु भेटिएपछि पुरातत्व विभागको टोलीले सो स्थानमा उत्खनन गरेको थियो । फागुन २६ देखि चैत ३ गतेसम्म संचालन हुने महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, महोत्सवलगायतका कार्यक्रम रहेको छ । सो मधानी महायज्ञमा नेपाल र भारतका गरेर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरु दर्शन गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ । महायज्ञ आउने भक्तजनहरुका लागि खानेपानी, विद्युत, सरसफाइ, अस्थायी प्राकृतिक शौचालयको कार्य सम्पन्न भइसकेको र सीसीटीभी क्यामरा जडान समेत गरेर सुरक्षाको प्रवन्ध मिलाइएको आयोजकले जानकारी दिएको छ । साथै केहिदिन अघि किसानहरुलाई उचित मुआब्जाको रकम दिएर मेला लगाउने तयारी पुरा गरेको विषयलाई राजनीतिक प्रतिशोध लिनका लागि गलत सन्देश जनता माझ बदनाम गराउने षड्यन्त्र गरिएको हुँदा त्यस प्रकारको भ्रामक सन्देशको पछि नलाग्न मौलापुर नगरपालिकाको मेयर साहले आग्रह गरिन् ।

फागुन २७ गते महाशिवरात्रीका दिन मधानी महायज्ञ, रासलिला, शिवलिला, नेपाली कलाकार र भारतीय कलाकारद्वारा साँस्कृतिक कार्यक्रमको मार्फत पतौरालाई धार्मिक एवं पर्यटकीय नगरीको रुपमा विकसित गर्ने उद्देश्यबाट आयोजित कार्यक्रमलाई विथोल्न भ्रामक सन्देशहरु बाहिरीदा मौलापुर नगरपालिकाले बाध्य भएर उक्त भ्रमहरुमा नपर्न स्थानीय बासिन्दा तथा देशबासी संग नगरप्रमुख साहले आग्रह गरिन् । मेला लगाउन मन्दिर वरिपरी रहेका बासिन्दाहरुको साथै पतौरा गाउँका महिला पुरुषहरु सबैलाई राखेर गहुँ बाली लगाएका किसानहरुलाई प्रति कट्ठा २५०० को दरले क्षतिपूर्ती दिने निर्णय भएको उनले बताइन् । प्याज बाली भएको लाई प्रतिकट्ठा ३००० र मसुरो बालीको हकमा १५ सय प्रतिकट्ठा दिने सर्वसहमतीबाट निर्णय भएको थपिन् । विकास विरोधी तत्वहरु अतिरंजित तवरबाट प्रचार प्रसार गरेको भन्दै उनले विकास निर्माण सहित धार्मिक कार्यहरुमा विरोधाभाष गरिदा आफनै स्थानको बदनामी हुने गरेको हुँदा त्यस्ता तत्वहरुबाट सावधान रहन उनले बताइन् ।

महिला रोएको भिडियो भाइरल भएको प्रति टिप्पणी गर्दै मेयर साहले श्रीमानले सम्झौता गरेर रकम लिइसके तर श्रीमतीलाई थाहा नहुँदा यत्रो काण्ड हुन पुगेको हुँदा पतौरा महादेव मन्दिर एक जनाको मात्रै नभई सिंगो रौतहटको धरोहरको रुपमा रहेको हुँदा यसलाई अझै माथि उकास्न प्रदेश र संघीय सरकारको भुमिका सकारात्मक हुनुपर्नेमा जोड दिइन् ।

Comment


Related News

Latest News

Trending News