अपडेट 
२०७७ फाल्गुन २३, आईतवार ०७:१७

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले जिल्ला समन्वय समितिलाई पंगु बनाएको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति महासंघ प्रदेश २ ले आयोजना गरेको प्रदेशस्तरीय विस्तारित भेलालाई शनिबार जलेश्वरमा सम्बोधन गर्दै उनले संविधानले दिएको अधिकारसमेत संघीय सरकारले कार्यान्वयन नगरेर जिल्ला समन्वय समितिहरुलाई कामविहीन बनाएको जिकिर गरे । साबिकको जिविसलाई जिल्ला समन्वय समितिको नाउँमा व्युतायो, उनले भने– तर काम दिएन् । संविधानको धारा २२० मा दिएको अधिकार समेत संघीय सरकारले पालना नगरेर जिल्ला समन्वय समितिलाई पंगु बनाएको मुख्यमन्त्री राउतको भनाई थियो । संविधानले दिएको अधिकार लिनको लागि जिल्ला समन्वय समिति महासंघलाई थप सक्रिय भएर अघि बढ्न उनले आग्रह गरे । दलमुखि भएर अधिकार पाइदैन, उनले भने–अधिकारको लागि सबैजना मिलेर अघि बढ् नुपर्छ । संघीयता विरोधी मानसिकता भएकाहरु संविधानले दिएको अधिकारसमेत कटौती गर्नमा लागेको मुख्यमन्त्री राउतको भनाई थियो । प्रदेश २ ले जिल्ला समन्वय समितिलाई सबैभन्द बढि अधिकार दिएको जिकिर गर्दै उनले यसको लागि आलोचना समेत खेप्नुपरेको सुनाए ।

संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेट र बालुवा गिट्टीबाट उठ्ने रोयल्टी जिल्ला समन्वय समितिमार्पmत स्थानीय तहलाई वितरण हुनुपर्ने धारणा मुख्यमन्त्री राउतले राखे । जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिएर सक्रिय बनाउनुपर्ने मुख्यमन्त्री राउतल बताए । एक फरक प्रसंगमा मुख्यमन्त्री राउतले सर्वोच्चको पैmसलाले संघीयतालाई थप बलियो बनाएको दावी गरे । जिल्ला समन्वय समिति महासंघ प्रदेश २ का अध्यक्ष सुरेश प्रसाद सिंहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य रानी शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा जनता समाजवादी पार्टी, नेपाल महोत्तरीका अध्यक्ष नागेन्द्र यादव, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, बलवा नगरपालिकाका मेयर बिनोद यादव, एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साह, नेपाल पत्रकार महासंघ महोत्तरीका सभापति कमलेश मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News