अपडेट 
२०७७ फाल्गुन २३, आईतवार ०७:२३

राजविराज । सप्तरीको राजविराजबाट कटुवा पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजबिराज नगरपालिका–६ मेहतर टोलबाट कटुवा पेस्तोल र २ राउण्ड गोली सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो । बिष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको प्रहरीले स.७ प ९६७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई पेस्तोल र गोली पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=-ux1RwC7sdg&t=2s

Comment


Related News

Latest News

Trending News