अपडेट 
२०७७ फाल्गुन २३, आईतवार ०८:१०

सरकारले आज (आइतबार)बाट देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दैछ ।

६५ वर्षमाथिका र फ्रन्टलाइनमा खटिनेहरु छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आइतबारदेखि दैनिक २ देखि ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरिने जानकारी दिए । उनले देशभरका ६ हजार खोप केन्द्रबाट खोप लगाइने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालबाट खोप लगाइ यो अभियान सुरु गर्नेछन् । नेपालमा ६५ वर्षमाथिको संख्या १६ लाख रहेको मन्त्रालयको तथ्यांक छ ।

Comment


Related News

Latest News

Trending News