अपडेट 
२०७७ फाल्गुन २३, आईतवार १४:२६

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ ।

खोप लिएर आएको टर्किस एयरलाइन्सको बिमानमार्फत आइतबार कोरोना खोप नेपाल ल्याइएको हो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गर्नुभएको हो । कोभ्याक्स अन्तर्गत नेपाललाई अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप उपलब्ध गराएको हो । योसहित नेपाललाई १ करोड ३० लाख डोज खोप उपलब्ध हुनेछ । स्वास्थ्य मन्त्री त्रिपाठीले समयमा नै समयमा नै खोप उपलव्ध हुनुले नेपालको खोप अभियान थप प्रभावकारी हुने बताउनुभयो । नेपालमा कोरोना नियन्त्रण गर्न खोप कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने धारणा राख्नुभयो । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अन्तर्गत २ करोड डोज खोप पठाइएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । कोभ्याक्स डब्ल्यूएचओको नेतृत्वमा कम आय भएका मुलुकलाई कोरोनाविरुद्धको खोप पुर्याउने अभियान हो ।

Comment


Related News

Latest News

Trending News