अपडेट 
२०७७ फाल्गुन २४, सोमबार ०७:१५

आगामी  जेठमा  सञ्चालन  हुने  माध्यमिक  शिक्षा  परीक्षा  (एसईई)को  तयारीमा  जुटेका  विद्यार्थीले  तोकिएअनुसारको  पूरै  पाठ्यक्रम  अध्ययन  गर्नुपर्ने  भएको  छ  ।  

पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण  नगरिएको  र  पूरै  पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको  तयारी  गर्नुपर्ने  जानकारी  सम्बद्ध अधिकारीले दिएका छन् । राष्ट्रिय  परीक्षा  बोर्डका  एसईईतर्फका  परीक्षा  नियन्त्रक  रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको  र  पूरै  पाठ्यक्रमबाट  प्रश्नसमेत  आउने  जानकारी  दिए ।उनले  भने,  “हामीले पढाउने कुराको सहजताका लागि  कुन  विद्यार्थी  स्वअध्ययन  गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।” विद्यार्थीले सबै  पाठ्यक्रमबाट  प्रश्नपत्र  आउन  सक्छ  भन्ने  हिसाबले  परीक्षाको  तयारी  अघि  बढाउनुपर्ने  उनले बताए ।

Comment


Related News

Latest News

Trending News