२०७७ फाल्गुन २४, सोमबार ०७:२६

जीतपुर । आन्तरिक राजस्व कार्यालय सिमरा, बाराको आयोजनामा जीतपुर सिमरा उपमहानगरपालिकाका ब्यपारीहरुसँग कर शिक्षासँग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा आर्थिक ऐन २०७७ ले ब्यवस्था गरेको कर छुट (स्कीम) सम्बन्धमा ब्यपारीहरुसँग अन्तरक्रिया गरिएको थियो । स्वच्छ ,पारदर्शी र प्रबिधीमैत्री कर प्रशासन ः बिकास समृद्धि र सुशासन भन्ने मुल नाराको साथ भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीले सरकारले प्रदान गरेको कर छुट सुबिधा कसले पाउँने ,छुट सुबिधाको लाभ लिन के गर्नुपर्ने र प्राप्त हुने छुट सुबिधाको बिषयमा जानकारी गराउँनुभएको थियो । नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उ प म ह ा न ग र प ा िल क ा क ा े बिभिन्न स्थानका ब्यपारीहरुको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News