अपडेट 
२०७७ फाल्गुन २४, सोमबार ०७:३०

जीतपुर । सहज परियोजनाले लैङ्गिक हिँसा न्युनिकरणकालागि जीतपुरसिमरा उपमहानगरपालिकाका सेवा प्रदायक र सेवाग्राही बिचको दुरी कम गर्न स्थानीय सरकार र समुदाय तथा नागरिकको सहकार्यताको अवस्थाको चित्रण गर्ने भएको छ ।

उपमहानगरपालिकाको सभाहलमा बसेको सल्लाहकार समितीको बैठकमा लैङ्गिक हिँसा न्युनिकरण गर्न स्थानीय सरकार र समुदायको सहकार्यको बिषयमा सामुदायिक अंक पत्रको बिषय राख्ने निर्णय भएको सहज परियोजनाको पोग्राम अधिकृत निरमा चौधरीले जानकारी दिनुभयो ।समुदायमा हुने गरेको लैङ्गिक हिँसाको घट नाहरुमा सेवा प्रदायक र सेवा ग्राही दुबैलाई सहज हुने बाताबरण बनाउँने बिभिन्न सुचकको बिषयमा सल्लाहकार समितीबिच छलफल भएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख सरस्वती देबी चौधरीको अध्यक्षतामा बसेको बैठकमा महिला अधिकृत सिमा यादब, वडा सदस्य रामावास धौजु ,समाज सेवी रबिन्द्र खकुरेल ,सिमरा महिला साकोसकी कोषाध्यक्ष गिता शर्मा ,समुदाय प्रहरी साझेदारी कार्यक्रम सदस्य गोबिन्द बहादुर अधिकारी ,समाजिक परिचालक बिनिता बराल लगायतको सहभागिता रहेको थियो । युकेएडको आर्थिक सहयोग ईन्टरनेसनल भि.एस.ओ. नेपाल र ईन्टरनेशनलको साझेदारीमा समग्र जनउत्थान केन्द्रदारा सहज परियोजना सञ्चालनमा रहेको छ ।

Comment


Related News

Latest News

Trending News