अपडेट 
२०७७ फाल्गुन २४, सोमबार ०७:४०

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र ऋषि कट्टेलले नेतृत्व गेको नेपाल कम्युनिष्ट पार्टी बीचको पार्टी नामाकरणको विवादमा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि नेकपा ओली समुहका नेता कार्यकर्ता जनकपुरमा दिपावली मनाएका छन् ।

विघटन गरिएको प्रतिनिधि सभामा बैठक सर्वोच्च अदालतमा आदेश पश्चात संसद पुर्नस्थापना भएपछि पहिलो बैठक बसिरहेको बेला सर्वोच्चले ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरि निर्वाचन आयोगमा दर्ता गराएको नेकपा पार्टीलाई खारेज गरि पुरानो पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रलाई पुनः अस्तित्वमा लाएपछि ओली समर्थकहरु उत्साहित भएका ह्ुन् । आईतावर साँझ जनकपुर स्थित नेकपाको मिथिला भवन अर्थात तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयमा ओली पक्षका नेता तथा कार्यकर्ताहरुले दीपावली तथा एकअर्कालाई लड्ु खुवाएर खुसी मनाएका छन् । सर्वोच्च अदालतको फैसलाले नेपाली जनताको एक पटक पुनः जित भएको भन्दै नेकपा ओली समुहका नेता राजकिशोर यादवले आफुहरु खुसी मनाएको बताए । सर्वोच्चको फैसलाले पार्टी भित्र जालझेल गर्नेहरुको सफाया हुने भन्दै उनले अव देश र जनताको पक्षमा काम गर्न प्रम ओलीलाई सहज हुने बताए ।

Comment


Related News

Latest News

Trending News