अपडेट 
२०७७ फाल्गुन २४, सोमबार ०७:४२

लालबन्दी । सर्लाहीमा कार्यरत चिकित्सकहरुको भेलाले नेपाल चिकित्सक संघ सर्लाहीको नेतृत्व चयन गरेको छ ।

सर्लाहीका विभिन्न अस्पतालमा कार्यरत ४० जना चिकित्सकहरुको भेलाले जिल्लाका चिकित्सकहरुलाई संगठित गर्न र चिकित्सा क्षेत्रको विकृतीहरु घटाउन ७ सदस्यीय प्रस्तावित जिल्ला कार्य समिति गठन गरिएको कोषाध्यक्ष डा.सिताराम कुशवाहाले बताए । डा. इन्द्रजित प्रसाद महतोको अध्यक्षतामा सात सदस्यीय प्रस्तावित चिकित्सक संघ सर्लाहीको नयाँ नेतृत्व चयन गरिएको हो । संघको उपाध्यक्षमा डा. प्रमोद राय, सचिवमा डा. अनिल चौधरी र कोषाध्यक्षमा डा. सिताराम कुशवाहा रहेका छन् । सदस्यहरुमा डा. संजय श्रेष्ठ, डा. पवन चौधरी र डा. उमाशन्कर गुप्ता रहेका छन् । समितिको संरक्षक डा. चन्दन चौधरी तथा प्रमुख सल्लाहकार डा. आलोक कुशवाहा छन् । उपचारका क्रममा बिरामीको मृत्यु हुने बितिकै पटक–पटक चिकित्सक सहित स्वास्थ्यकर्मीमाथि आक्रमण सहित दुव्र्यवहार एवं स्वास्थ्य संस्थामा तोडफोड समेत हुन थालेपछि चिकित्सकहरु संगठित भएको हो । चिकित्सक संघले चिकित्सकको हक हितकोलागि कार्य गर्ने जनाएको छ ।

चिकित्सक संघ गठन भएपछि चिकित्सकहरुको हौसला बढनुका साथै सकारात्मक कार्य गर्ने अवसर पनि प्रदान नव कार्यसमितिको गठनले प्रदान गर्ने डा. कुशवाहाले जनाएको छ । उनले भने–‘चिकितसक संघको एउटा उद्देश्य नभएपनि चिकित्सकहरुको हकहित प्राथमिकतामा रहन् छ ।’

Comment


Related News

Latest News

Trending News