अपडेट 
२०७७ फाल्गुन २४, सोमबार १५:४६

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । अहिले ८२५ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

Comment


Related News

Latest News

Trending News