अपडेट 
२०७७ फाल्गुन २५, मंगलवार ०७:१४

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सहकारीले देश विकासमा टेवा पुरयाएको बताएका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड धनुषाको ५१औ साधारणसभालाई सोमबार सम्वोधन गर्दै प्रमुख साहले सहकारीताले विश्वमा परिवर्तन ल्याएको बताउदै सहकारीको सहीरुपमा प्रयोग गरिए मुलुकबाट गरिवीलाई न्युनिकरण गर्न सकिने बताए । उनले हिटलरले यहुदीहरुमाथि गरेको अन्याय र त्यसपछि विकराल परिस्थितीमा यहुदीहरुले गरेको सहकारीको विकासले देशलाई समृद्ध बनाएको कुरालाई उठान गर्दै सहकारीलाई इमान्दारीतारुपमा अगाडी बढाए समृद्धिलाई कसैले रोक्न नसकिने बताए । उनले सहकारीको माध्ययमवाट आफ्नो जिवन पद्धतिमा विकास गर्न सकिने तरिकाहरु बताउँतै अगामी दिनमा अनिवार्य रुपमासहकारीमा आवद्ध हुन आग्रह गरेका थिए । सहकारीको मतलवनै एक अर्कालाई सहकार्य गरि अगाडी बढ्नु रहेको बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले जिल्लाको सहकारी संघमा देखिएको बेथितीलाई समाप्त गर्नका लागिसबै सहकारीले सहकार्य गरि अगाडी बढेर दोषी माथि कडा कारवाहीको लागि पहल गर्नुपर्ने बताए । जग्गाको विक्री देखि लिएर अन्य रकम घोटाला सम्वन्धमा गहिरो छानविनको आवश्यकता रहेको बताए । कार्यक्रममा जिल्ला सहकारीसंघका अध्यक्ष रामबाबु यादवले साधारणसभाबाट निवर्तमान अध्यक्ष तथा संचालक बाट राष्ट्रिय सहकारी बोर्डको १८ लाख ,जग्गा विक्री गरेको सम्वन्धमा,घर भाडा वापतको चार लाख, पुरानो सम्पती, सामान, मिल विक्री गरेको र हिनामिना गरेको रकमअसुल उपर गर्ने र यसको लागि अदालती प्रक्रियामा जाने समेत साधारण सभाबाट निर्णय गरेको बताए ।

कार्यक्रममा सहकारी संघका संजय कुमार साह, रामचन्द्र पजियार लगायतको सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News