अपडेट 
२०७७ फाल्गुन २५, मंगलवार ०७:२०

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा केन्द्र सार्न खोजेको भन्दै स्थानियवासीले तालाबन्दी गरेर विरोध प्रदर्शन गरेको छ ।

गएको फागुन २१ गते चन्द्रनगर गाउँपालिकाको वडा न. ६ र ७ मा पर्ने नाढीताल परिसरमा रहेको गाउँपालिकाको केन्द्र पालिका अध्यक्ष महेन्द्र महतोले सत्ता र पावरको आडमा वडा न. २ बबरगन्जस्थित आफनै गाउँ सार्न खोजेको भन्दै स्थानियवासीहरु विरोध प्रदर्शन गर्दै अनिश्चितकालीन रिले अनशन बसेका छन् । चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न खोज्दा स्थानियवासीको विरोध र तालाबन्दीको कारण गाउँपालिका कार्यालय गत शुक्रवारदेखि खुल्न सकेको छैन । गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लगायतले चन्द्रनगरमा रहेको केन्द्र बबरगंजमा सार्ने षडयन्त्र गरेको भन्दै चन्द्रनगर, कामत, खड्काटोल, लोदुवा, नारी लगायत गाउँका बासिन्दाले गत शुक्रबारदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी सहित धर्ना र विरोधमा उत्रेका छन् । तालाबन्दी र धर्नाका कारण कर्मचारीहरु चन्द्रनगर बजार स्थलमा पुगेपनि काम नगरी फर्किरहेका छन, भने अत्यावश्यक काम गराउनुपर्ने सेवाग्राही मारमा परेका छन् । ‘गाउँपालिका अध्यक्ष लगायत वडाध्यक्षहरुको मिलेमतोमा गापा अध्यक्ष महतोकै गाउँ बबरगंजमा कार्यालय सार्ने षडयन्त्र भएको स्थानिय समाजसेवी जयकरण सिंह ले बताए । स्थानिय सरकार निर्माण भएको दिनदेखि नै गाउँपालिका अध्यक्ष महेन्द्र महतो केन्द्र आफनै गाउँमा सार्ने षडयन्त्र गर्दै आएको नेपाली काँग्रेसको अध्यक्ष पदको प्रत्याशी उम्मेदवार श्याम प्रसाद सिंह ले बताए । उहाँ केन्द्र सार्ने प्रयास गर्दा उहाँकै दाई राजेन्द्र महतो र छोरा प्रदेश सांसद उपेन्द्र महतो संग केन्द्र नसार्नका लागि हामीहरु पटक पटक गुहार गर्दा, उहाँहरु खुल्ला मन्चबाट भन्नुभयो, नाढी ताल चन्द्रनगरको धरोहर र पर्यटकीय स्थल भएको कारण कुनै पनि शर्तमा केन्द्र सर्दैन भने प्रतिबद्वता समेत जनाउनु भएको थियो ।

तर उहाँ पटक पटक षडयन्त्र गरी आफनो प्रतिबद्वता विपरित ५० प्रतिशत जनताको मध्य र कामकाजको हिसाबले पनि नजिक र सहज भएको ठाउँबाट आफनै गाउँमा सार्न खाजेको आरोप लगाए । घरमै आएर केन्द्र सार्ने विषयमा समर्थनको लागि गाउँपालिका अध्यक्ष पक्षको शंकर चौधरीले दुई लाखको अफर दिन खोजेको वड न. ७ का वडासदस्य रामस्वरुप चौधरीले बताए । स्थानिय निकाय निर्माण भएको चौथो आर्थिक बर्ष बित्न लागेको र हामीहरु सुरु देखि नै सर्वदलीय बैठकमा गाउँपालिकाको केन्द्र भएको कारण सोही अनुरुपको भवन निर्माण गरिदिनुपर्याे भने पटक पटक आवाज उठाउदै आएको स्थानियवासी लोकेन्द्र मुखियाले बताए । केन्द्रको भवन निर्माणको लागि कुनै चासो देखाएनन्, एक बर्ष नाढीतालमा परिषद गर्नुभयो, विगत तीन बर्षदेखि आफूखुशि आफनै गाउँमा परिषद गर्दै आईरहनुभएको छ । हामीले परिषद यहाँ गरिदिनु भन्दा भन्दै पनि प्रतिनिधिहरु बोलाएर घर घरमा म्यानिटिंग घुमाएर परिषद गरिरहनुभएको उनले आरोप लगाए । शनिबार राती अबेरसम्म चलेको विशेष गाउँसभामा दुई तिहाई बहुमत नपुगेका कारण तत्काललाई गाउँपालिकाको केन्द्र सार्ने निर्णय हुन नसकेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले बताए । कुल गाउँसभा सदस्य ३९ जना मध्ये कम्तिमा २६ जना (दुईतिहाई) ले सहमति नजनाएसम्म केन्द्र सार्ने निर्णय हुन सक्दैन ।

स्रोतका अनुसार केन्द्र सार्ने पक्षमा २५ जना सदस्य मात्र सहभागी भएका छन् । ‘दुईवटा वडा बाहेक ५ वटा वडाका वडाध्यक्ष सहित वडासदस्य एवं गाउँलेले पहिलादेखि नै गाउँपालिका कार्यालय सार्न दबाव दिँदै आएको आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News