अपडेट 
२०७७ फाल्गुन २५, मंगलवार ०८:११

वीरगञ्ज महानगरपालिका मुर्ली युवा क्रिकेट क्लबद्धारा आयोजित फानईल क्रिकेट प्रतियोगीतामा वीरगंज स्पोर्टस् क्लबले जित हासिल गरेको छ ।

३५ ओभरको खेलमा वीरगंज स्पोर्टस् क्लबका कप्तान तथा अन्तराष्ट्रिय खेलाडी हासिम अन्सारीले ९८ बलमा १२० रन बनाई म्यान अफ द म्याच घोषित भएका छन । युनाइटेड क्रिकेट क्लबको प्रतिस्पर्धामा विरगंज स्पोर्टस् क्लबले २४१ रन बनाएर युनाईटेड क्रिकेट क्लबलाई २४२ को लक्ष्य दिएको थियो । युनाईटेड क्रिकेट क्लब २५ ओभरमा आउट भई जम्मा २०१ रन बनाएको थियो । वीरगंज स्पोर्टस् क्लब ४० रनले विजयी भएको छ । वीरगंज सुपर लिग क्रिकेट प्रतियोगिता २०७७ को अध्यक्षता सायद मन्सुरीले गरेका थिए भने प्रमुख अतिथिमा पर्सा क्षेत्र नं.१ नेपाली काँग्रेसका रामनारायण प्रसाद कुर्मी रहेका थिए । नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको बीरगंज सुपर लिग क्रिकेट २०७७ को समापनमा प्रदेश नं.२ का उच्च स्तरका खेलाडीहरुको सहभागीता रहेको मुर्ली युवा क्रिकेट क्लब व्यवस्थापक समितिका प्रमुख शेख रुषतमले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News