अपडेट 
२०७७ फाल्गुन २५, मंगलवार ०९:२२

कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ । अन्य तीन जना हराइरहेका छन् ।

 प्रहरीका अनुसार माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो  । पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी  मानसिंह बडुवालकी  दुई छोरी  वर्ष १६ की कल्पना  र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी  प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । 
उनका अनुसार मानसिंहकी ३ छोरी, एक छोरा र श्रीमती आइतबार दिउँसो ४ बजेदेखि बेपत्ता भएका थिए भने दुई जनाको शव कर्णाली नदीमा भेटिएको हो । अन्यको अवस्था अझैपनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ । 

डीएसपी श्रेष्ठले मानसिंहका अनुसार हाल पनि दुई छोरीको शव भेटएपनि एक छोरी, एक छोरा र श्रीमती बेपत्ता रहेका छन् ।  स्थानीयका अनुसार मानसिंहकी श्रीमती सुकी माइत जान भन्दै घरबाट निस्किएकी थिइन् । स्थानीयले बताएअनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको बताइएको छ । 

Comment


Related News

Latest News

Trending News