अपडेट 
२०७७ फाल्गुन २५, मंगलवार ११:२२

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषद बैठक आज बस्दैछ ।

सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । बैठक अपराह्न ४ बजे डाकिएको एक मन्त्रीले जानकारी दिए । तर बैठकका एजेण्डाबारे भने जानकारी नभएको उनले बताए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन प्रधानमन्त्री ओलीले कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनुपर्ने अवस्था छ । आजको बैठकमा यसबारे छलफल र परामर्श हुने बताइएको छ । संसदमा एमालेसँग १२० सिट रहेको छ । कांग्रेससँग ६३, माओवादी केन्द्रसँग ५३ र जसपासँग ३४ सिट छ ।

Comment


Related News

Latest News

Trending News