अपडेट 
२०७७ फाल्गुन २५, मंगलवार ११:२७

सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Comment


Related News

Latest News

Trending News